एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

1.3K

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानको धारा ७६(२) अनुसार आईतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएकाे हाे ।
ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएकाे थियाे ।