केन्द्रमा बनेको नयाँ सत्ता समिकरणको प्रभाव लुम्बिनी प्रदेशमा पनि परेको छ । लुम्बिनी प्रदेश सरकारमा सहभागि एमालेका मन्त्रीहरुले राजीनामा गरेकाले मुख्यमन्त्री जोखबहादुर महरा अल्पमतमा पर्नुभएको छ ।
सत्ता समिकरण बनेपछि लुम्बिनीमा काँग्रेस एमालेको सरकार बन्ने निश्चित छ । दुई ठूला दल मिलेपछि सरकार बनाउन निर्णायक दलहरु कमजोर भएका छन् । लुम्बिनीमा सरकार बनाउन काँग्रेस एमालेलाई प्रयाप्त बहुमत मात्रै नभएर दुई तिहाई नजिक छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र नेपाली काँग्रेसका २७ गरी ५८ जना सांसद छन् । लुम्बिनीमा दुई तिहाईको लागि ५८ सांसदको आवश्यकता हुन्छ । यहाँ दुई तिहाईका लागि दुई जना सांसद संख्या कम छ ।
त्यस्तै माओवादी केन्द्र सभामुख सहित ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनता समाजवादी पार्टी २, जनमत पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ तथा जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्र एक एक सांसद छन् ।