लायन्स क्लव अफ बुटवल शान्तीदीपले तिलोत्तमा नगरपालिका वाड न ८ स्थित गौशालामा एक कार्यक्रम गरि गाईलाई दाना प्रदान गरेको छ ।
लायन्स सतिस आचार्य र जिएम ए कोअर्डिनेटर लायन्स मिलन पाण्डेले जन्मदिनको अवसर पारेर लायन्स क्लव शान्तिदीप मार्फत हिजो साउन एक गते क्लबका अध्यक्ष विशाल पन्थिको अध्यक्षता र सतिस आचार्यको संयोजकत्वमा सप्पन्न कार्यक्रममा प्रमुख अथिति जिल्ला ३२५ पि का जिएसटि कोअर्डिनेटर आशिष कृष्ण श्रेष्ठ बिशिस्ट अतिथि जिएमए कोअर्डिनेटर लायन मिलन पाण्डेले बोल्दै कार्यक्रमको सान्दर्भिकताको चर्चा गर्नुभयाे ।
गौशालाका संरक्षक श्याम अधिकारीले गाइको महत्व बारे चर्चा गर्नुभयाे । कार्यक्रममा एरिया चारका एरिया चिफ लायन्स दिपकप्रसाद श्रेष्ठ, सचीव अमृता कार्की पौडेल, नितु श्रेष्ठ, रिजन चेयर पर्सन तथा सस्थापक अध्यक्ष बाबुराम खनाल, जोन चेयर पर्सन शेष नारायण बस्याल, पुर्ब अध्यक्ष चेतन भण्डारी लगायत क्लब का पदाधिकारी तथा सदस्य हरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो ।
आगामी दिनमा पनि क्लवका साथीहरू बिच अन्तरक्रिया तथा समन्वय गरेर यस्ता खर्चलाई परोपकारको क्षेत्रमा लगाउन सके समाजमा पनि राम्रो सन्देश जाने र बास्तविक सेवा हुने अध्यक्ष बिशाल पन्थीले बताउनु भयाे ।