सुनकाे भाउमा नयाँ कीर्तिमान कायम गरेको छ । बुधबार सुनको भाउ झण्डै डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरिएकाे छ ।
मंगलबारको तुलनामा २ हजार रुपैयाँ बढी हो । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ प्रतिऔंस २ हजार ४७० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको हो ।