जन्मदिनमा अपाङ्ग आश्रममा खाद्यान्न

1.3K

जन्मदिनमा अपाङ्ग आश्रममा खाद्यान्न

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष, समाजसेवी टंकप्रसाद गैरेले आफ्नो जन्मदिनमा अपाङ्ग आश्रममा खाद्यान्न प्रदान गनुभएको छ । समाजसेवी गैरेले आफ्नो जन्मदिनको अवसरमा बुधबार बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपांग आश्रममा आश्रीत अनाथ तथा अपाङ्गता भएका व्यक्तिको लागि खाद्यान्न, सरसफाईका समान प्रदान गर्नुभएको हो ।
उहाँले चामल, दाल, तेल, मसला, चिउरा, आलु, मस्यौरा, हरियो तरकारी लगायतका खाद्यान्न प्रदान गर्नुभएको हो । उहाँले विगत ११ वर्षदेखि प्रत्येक वर्ष आफ्नो जन्मदिनमा यस्तै आश्रममा सहयोग गरेर मनाउँदै आउनु भएको छ । आगामी दिनमा पनि आफू सक्दो सहयोग गर्दै जाने बताउनु हुन्छ ।
३४ जना असहाय तथा अपाङ्गता भएका व्यक्तिहरु आश्रीत आश्रममा सरकारी तहबाट कुनै पनि सहयोग नपाउँदा निकै दुःखले आश्रम सञ्चालन गरिएको आश्रमका अध्यक्ष डोरबहादुर रामदामले बताउनु भयो । सहयोगी व्यवक्तिहरुको सहयोगमा जसोतसो साँझ विहानको गासको जोहो भएको बताउँदै असहाय तथा अपाङ्गता भएका व्यक्तिप्रति सरकारलाई गम्भिर बन्न आग्रह गर्नुभयो ।
आश्रममा आश्रीतमध्ये सक्नेले अगरबत्ती बनाउने लगायतका काम गरेर आर्थिक जोहो गर्दै आएका छन् । त्यस्तै ४ जना विद्यालयमा अध्ययन गर्ने गरेको र विद्यालयले पनि मासिक शुल्क बाहेक अन्य शुल्क लिने गरेकाले विद्यालय पढाउन पनि कठिन भएको रामदाम बताउनु हुन्छ ।