होटल तथा रेष्टरेन्टको व्यवसायिक वातावरण विग्रियो : करप्रशासन सुधारमा जोड

1.3K

होटल तथा रेष्टरेन्टको व्यवसायिक वातावरण विग्रियो : करप्रशासन सुधारमा जोड

नेपाली काँग्रेसको सुभेच्छुक संस्था लोकतान्त्रिक होटल व्यवसायी संघको दोस्रो स्थापना दिवसको अवसरमा बुधबार बुटवलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ ।
लोकतान्त्रिक होटल व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको कार्यक्रममा होटल व्यवसायीका पेशागत समस्याको उठान र समस्या समाधानका लागि पहल कदमीको लागि नेतृत्वदायी भूमिका लिन वक्ताहरुले सुझाव दिएका छन् ।
उनीहरुले होटल तथा रेष्टुरेन्टको व्यवसायिक वातावरण विग्रिदै जाँदा दिनप्रतिदिन होटलहरु बन्द हुँदै गएको बताउँदै पलायन हुँदै गएका होटल व्यवसायको स्थायित्वको लागि कर प्रशासनलाई नीतिगत सुधार गर्नको लागि तीनै तहका सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समयमा व्यवसायीका धेरै समस्या रहेको बेला प्रदेश तथा स्थानीय सरकारका व्यवसायीलाई ढाड सेक्नेगरी लिएको राजश्व संकलनका नीतिले व्यवसायीलाई यातना थपिएको बताउँदै त्यस्ता नीति सुधारको लागि पहल गर्न व्यवसायीहरु सुझाव दिएका हुन् ।
त्यस्तै लोकतन्त्रमा आस्था राख्ने सबै होटल व्यवसायीलाई संस्थामा आवद्ध गराई बलियो संस्था बनाउन पनि सुझव दिईएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुप्रसाद पोखरेलले व्यवसायीका पेशागत समस्या समाधानको लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीलाई आम्दानी राम्रो भयो भने राजश्व तिर्न कुनै समस्या नहुने बताउँदै व्यवसायिक वातावरणको लागि लगानीको सरक्षा सहितको नीतिगत व्यवस्था हुनुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा लोकतान्त्रिक होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष शिवराज पोखरेलले गुज्रिएको अर्थतन्त्रलाई चलायमान गराउन लोकतान्त्रिक व्यवसायीलाई एकजुट हुन आह्वान गर्नुभयो । कोरोना महामारी तथा आर्थिक मन्दीसंगै ओरालो लागेको आर्थिक गतिविधि नसुध्रिदासम्म राजश्व संकलनका नयाँ नयाँ शिर्षक नल्याउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
पछिल्लो समयमा होटल व्यवसायहरु निरन्तर रुपमा बन्द हुँदै गएको बताउँदै सरकारको राजश्व संकलनको अभ्यासले व्यवसायिक वातावरण विग्रिदै गएको भनाई राख्नुभयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल, काँग्रेस नेता खिमराज पोखरेल, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका सचिव केशवराज पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, तरुण दलका केन्द्रीय सदस्य दुर्गा क्षेत्री, नेविसंघका केन्द्रीय सदस्य सुन्दर अर्याल, संघका उपाध्यक्ष कृष्ण पाण्डे, सचिव रुपा भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।