मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

1.3K

मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने तयारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच मंगलबार भएको भेटवार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको हो हो ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था अनुसार मस्यौदा पेस भइसकेको छ । व्यवस्थापन समितिमा पनि एक चरणको छलफल सकिएको बताईएको छ ।
व्यवस्थापन समितिमा अहिलेको वर्तमान अवस्था र आगामी मौद्रिक नीतिमा लिने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल हुन बाँकी रहेको र बिहीबार व्यवस्थापन समितिको छलफलपछि शुक्रबार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको हो ।
गभर्नर अधिकारीले अर्थमन्त्रीसँग छलफल गर्नुअघि बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग छलफल गर्नुभएको थियो । छलफलमा बैंकरहरूले नियामकीय नीति परिमार्जन मार्पmत बैंकिङ क्षेत्रलाई सहज बनाउन सुझाव दिएका छन् ।