प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रतिनीधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नु भएको हो ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार असार ३० गते नियुक्त प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।
नेपाली काँग्रेस र नेकपा एमाले विच सत्ता समिकरण बनेपछि काँग्रेसको समर्थनमा नियुक्त हुनु भएका ओली नेतृत्वको सरकारमा
काँग्रेस, एमाले, जसपा र लोसपा सहभागि छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग ७९ सांसद रहेको एमाले सहित नेपाली ८८ सांसद रहेको काँग्रेस, ७ सांसद रहेको जसपाका र ४ सांसद रहेको लोसपा सरकारमा सहभागी भएका छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने निर्णय लिएका छन् ।