लुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त हुनुभएकाे छ । उहालाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गर्नुभएकाे हाे ।
एमालेका संसदीय दलका उपनेता आचार्यले काँग्रेसकाे समर्थनमा साेमबार नै मुख्यमन्त्रीमा दावी पेस गर्नुभएकाे थियाे ।
