नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति पारित गरेसंगै सार्वजनिक गर्ने तयारी गरिएको हो ।
आजै (शुक्रबार) बिहान बसेको सञ्चालक समितिको बैठकले २०८१÷८२ को मौद्रिक नीति पारित गरेको हो । पारित भएको दिउँसो सार्वजनिक गर्न लागिएको हो ।
शिथिल रहेको अर्थतन्त्र चलालयमान बनाउन र बैंकहरूको खस्कदो सम्पत्तिको गुणस्तर सुधार हुनेगरी प्रमुख मौद्रिक औजारमा सामान्य हेरफेर गर्दै नियामकीय नीतिहरु परिमार्जन गर्नेगरी मौद्रिक नीति तयार भएको बताईएको छ ।