इनरह्वील क्लव अफ तिलोत्तमाको अध्यक्षमा सीता चालिसे निर्वाचित हुनुभएको छ । क्लवको वर्ष २०२४/२५ को अध्यक्षमा निर्वाचित चालिसे सहित नव निर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई पदस्थापन गरिएको छ ।
क्लवको नवनिर्वाचित कार्समितिको भाइस प्रेसिडेन्टमा रत्ना रिजाल, सचिवमा कल्पना पाण्डे, कोषाध्यक्षमा सीता भट्टराई निर्वाचित हुनुभएको छ । त्यस्तै क्लवको आईएसओमा ज्योती न्यौपाने, क्लव सम्पादकमा कमला कुवँर, तथा कार्यसमिति सदस्यहरुमा रेखा चौधरी, शिला पहारी, कल्पना पन्त रहनु भएको छ ।
शनिबार योगिकुटीमा क्लवको तेस्रो पदस्स्थापन कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको हो ।
कार्यक्रममा इनरह्वील डिष्ट्रिक ३५० की चियरमेन आशा श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सहित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै संस्थाको उद्देश्य अनुसार रचनात्मक कार्यक्रम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पदभार ग्रहण गर्दै संस्थाकी नवनिर्वाचित अध्यक्ष चालिसेले क्लले गर्ने वर्ष भरीका कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै क्लवकी निवर्तमान तथा संस्थापक अध्यक्ष सपना रेग्मी लम्सालले संस्था स्थापनादेखि हालसम्मको गतिविधिको बारेमा जानकारी गराउँदै आगामी दिनमा अझै रचनात्मक क्रियाकपाल हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा संस्थाकी सल्लाहकार प्रभा अर्याल, शुभयात्रा नेपालका केन्द्रीय अध्यक्ष मधुसुधन गैरे, रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष प्रमोद पन्थी, कल्पना पाण्डे, रेखा चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा संस्थाले गरेका गतिविधिमा योगदान गरेकालाई सम्मान गरिएको थियो ।