लायन्स क्लव अफ देवदह युनाइटेडले देवदह नगरपालिका वडा नं. ९ घोडाहामा रहेको स्मृति बनबाटिका परिषरमा बृक्षारोपण गरेको छ । क्लवको वार्षिक कार्यक्रम अन्तरगत शनिबार त्यस स्थानमा बृक्षरोपण गरिएको क्लवका अध्यक्ष माधव आचार्यले जानकारी गराउनु भयो ।
क्लवले ५० वटा विरुवा रोपेको छ भने थप ४० वटा विरुवा बाटिका समिटिलाई दिईएको छ । स्मृति सामुदायिक बनमा रहेको स्मृति बाटिका परिषरमा लायन्स क्लब अफ देवदह युनाईटेडलाई लायन्स बाटिका सहित क्लव सचिवालय र पिकनिक ट्रष्ट बनाउनको लागि जग्गा व्यवस्थापन गरिएको छ ।
सोही योजना अनुसार क्लवले बृक्षरोपण गरेको हो । क्लवको सचिवालय तथा पिकनिक ट्रष्ट निर्माणको लागि आर्थिक संकलन गरिने र यही वर्ष निर्माणको काम अगाडि बढाउने योजना क्लवको छ ।
लायन भाइस डिष्ट्रिक को–चिफ एड्भाईजर बिष्णुप्रसाद पौडेलले आफूले व्यक्तिगत रुपमा आर्थिक सहितको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उक्त सामुदायिक बनका उपाध्यक्ष अर्जुन ढकालले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
क्लका अध्यक्ष माधव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक डिप्युटि चियर रामबहादुर गुरुङ, रिजन ४ का चियर पर्सन बिनोद थापा, डिष्ट्रिक प्रोग्राम मेम्बर मनबहादुर क्षेत्री, कमल पौडेल लगायत क्लवका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।