मन्त्री कुर्मीकाे राजीनामा स्वीकृत

1.3K

मन्त्री कुर्मीकाे राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री बादशाह कुर्मीकाे राजीनामा स्वीकृत भएकाे छ । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न भएको आरोप लागेका मन्त्री कुर्मीले मंगलबार पदबाट राजीनामा गर्नु भएकाे थियाे ।
मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार मन्त्री कुर्मीकाे राजीनामा स्वीकृत गर्नुभएकाे हाे । मन्त्री कुर्मीलाई बर्खास्त गर्न माग गर्दै महिला अधिकार मञ्च बाँके सहित विभिन्न संघ-संस्थाले एक महिनादेखि काठमाडौंमा आन्दोलन गरेका थिए ।
काँग्रेस सांसद कुर्मी साउन ९ गते मन्त्री नियुक्त हुनुभएकाे थियाे । उहाँको नियुक्तिले कांग्रेसभित्रको संस्थापन इतर पक्ष समेत असन्तुष्ट थियो ।