अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । गृहमन्त्रालयका अनुसार अझ ४१ ज्ना वेपत्ता छन् । काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
त्यस्तै उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना वेपत्ता भएका छन् । त्यसैगरी वाढी पहिरोमा परि घाईते भएका ४५ जनाको उपचार भईरहेको छ ।
बाढी पहिरोले देशभर १ हजार ३२७ घरमा क्षति पुगेको छ । १९ वटा राजमार्ग तथा सडक भत्किएका छन् । बाढी पहिरोमा परेका ३ हजार ६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।