लुम्बिनी प्रदेश सचिवहरुको जिम्मेवारी तोकियो

1.3K

लुम्बिनी प्रदेश सचिवहरुको जिम्मेवारी तोकियो

लुम्बिनी प्रदेश मन्त्रीपरिषदको बैठकले सचिवहरुको जिम्मेवारी तोकिदिएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले लुम्बिनीमा सरुवा भई आएका सचिवहरुको जिम्मेवारी तोकेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले ईश्वराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको छ । त्यस्तैगरी भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
यस्तै मन्त्रिपरिषद बैठकले नवलपरासी वर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरिएको छ । यस अघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालय थिए । यस्तै बैठकले प्रदेश राजपत्र तथा कानुनहरुको सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन गरेको छ । प्रदेशमा तीन दिनको अविरल वर्षाका कारण तुलनात्मक रुपमा क्षति कम भएको छ । विपद अघि, विपदको वेलामा र विपद् पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनिकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनु भयो ।