जेष्ठ नागरिक दिवसमा बृद्धबृद्धालाई सम्मान

1.3K

जेष्ठ नागरिक दिवसमा बृद्धबृद्धालाई सम्मान

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीले बुटवलको श्री सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैन्जु बृद्ध आश्रममा आश्रीत जेष्ठ नागरिकलाई सम्मान सहित अत्यावश्यक सामाग्रि प्रदान गरिएको छ ।
समाजले बुटवलको पाखापानीमा रहेको आश्रममा आश्रीत जेष्ठ नागरिकलाई सम्मान तथा खाद्यान्न एवं अत्यावश्यक सामग्री प्रदान गरेको हो ।
आश्रमका बृद्ध बुबाआमालाइ दोसल्ला ओडाइ सम्मान गरिएको थियो । उनीहरुलाई समाजका जिल्ला सभापति अर्जुन ज्ञवाली, पूर्वकेन्द्रीय गोविन्द खनाल, आश्रमका संरक्षक अनुपमान सैंजु, समाजका केन्द्रिय सदस्य डिपि खनाल, पुर्व सभापति कृष्णप्रसाद पराजुली, पुर्व सभापति हरिष ढकाल तथा पदाधिकारी, सदस्यहरुले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । साथै समाजले खाद्यान्न तथा दैनिक रुपमा प्रयोग हुने अत्यावश्यक सामाग्री समेत आश्रमलाइ हस्तान्तरण गरिएको समाजका रुपन्देही शाखा सभापति ज्ञवालीले जानकारी गराउनु भयो ।
कार्यक्रममा आश्रमका संरक्षक सैंजुले मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्लाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बृद्ध बुबाआमा सम्मान तथा खाद्यान्न एवं अत्यावश्यक सामाग्री प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले नेपालमा युवाहरू विदेश पलायन भैइराखेको बर्तमान परिस्थितिमा बृद्धहरुको हेरचाह चिन्ताको विषय भएको उल्लेख गर्दै परिवार, समाज, संघ सस्था र सरकारले समेत यसको समाधान निकाल्न अब ढिलो गर्न नहुने भनाई राख्नुभयो ।
कार्यक्रम समाजका रुपन्देही शाखा सचिव लिलाधार लुइँटेलको संचालन तथा सहसचिव अर्जुन कुवरको स्वागतमा भएको थियो ।