नेपाल भारत सिमा क्षेत्र रुपन्देहीको वेलहियाबाट प्रहरीले लागुऔषध (खैरो हिरोईन) सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले रुपन्ददेहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ वेलहियामा यु.पि. ५६ ई.पि. २७३३ नम्बरको भारतीय नम्बर प्लेटको गाडिमा चेकजाँच गर्ने क्रममा १७४ ग्राम खैरो हिरोईन (प्रतिवन्धित लागुऔषध) सहित भारत गोरखपुरका २४ वर्षीय शिव गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका गुप्तालाई प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट ९ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालले जानकारी गराउनु भयो ।