क्लोथ बैंकलाई कपडा सहित नगद सहयोग

1.3K

क्लोथ बैंकलाई कपडा सहित नगद सहयोग

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि अन्तरगत एरिया ४ ले क्लोथ बैंकलाई कपडा सहित नगद सहयोग प्रदान गरेको छ । एरिया ४ मा रहेका ४७ वटा क्लवहरुको सामुहिक प्रयासमा क्लोथ बैंकलाई ६ हजार जोर कपडा र २० हजार रुपैंया नगद सहयोग प्रदान गरिएको एरिया कोर्डिनेटर दीपकप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।
प्रदान गरिएको कपडा प्रशोधन गरेर क्लोथ बैंकले गरिव तथा विपन्नलाई प्रदान गर्ने पनि उहाँले जानकारी गराउनु भयो । त्यसका लागि एरिया ४ को पहलमा मातहतका क्लवहरुले कपडा संकलन गरेका थिए । त्यसरी संकलन गरिएको कपडा सहित प्रशोधनको लागि लाग्ने खर्च समेत गरी क्लोथ बैंकलाई प्रदान गरिएको हो ।
क्लवहरुले संकलन गरेका कपडा सोमबार साँझ बुटवल उपमहानगरपालिका वडा नं. ५ स्थित फल्चामा कार्यक्रमको आयोजना गरि क्लोथ बैंकलाई हस्तान्तरण गरिएको हो ।
कपडा हस्तान्तरण गर्दै लायन्स ३२५ पिका डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सामाजिक क्रियाकलापमा लायन्स सधै अगाडि रहेको भन्दै यो अभियानले त्यसै खेल जाने कपडा गरिव तथा विपन्नलाई सहजै उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले यो पुलको भूमिकामा रहेको क्लोथ बैंकलाई पनि धन्यावाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले क्लोथ बैंकको अभियानमा लायन्स क्लवले सामाजिक उत्तरदायित्व बहन गरी कपडा संकलन गरी प्रदान गरेकामा आभार व्यक्त गर्नुभयो ।