बुटवलमा सञ्चालित प्रौढ बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बुटवलमा आयोजना गरिएको साधारण सभामा बोल्दै प्रदेश बचत संघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद नेपालले कतिपय सहकारीमा भएको गलत क्रियाकलापले सबै सहकारी ठग हुन भन्ने भाष्य सिर्जना भएको बताउनु भयो ।
उहाँले धेरै सहकारी राम्रा रहेको बताउँदै त्यसरी स्थापित भएको गलत भाष्यलाई चिर्नको लागि सहकारीकर्मीका ठूलो चुनौती खडा भएको भनाई राख्नुभयो । उहाँले सहकारीमा सदस्यहरु चनाखो हुनुपर्ने बताउँदै सदस्य चनाखो नहुने हो भने र नियत गलत भएका सञ्चालक छन् भने त्यसले सहकारी डुबाउने मात्रै नभई सहकारी प्रति नै गलत बुझाईलाई मलजल गर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भरतराम भट्टराईले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रीता सेन ओलीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक भूपति भुसालले प्रस्तुत गर्नुभएको आन्तरिक लेखा प्रतिवेदनलाई साधारण सभाले अनुमोदन गरेको छ ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तिलकराम पौडेल, सल्लाहकार आनन्दमान सिंह शाक्य, शेयर सदस्य विमला पोखरेल, सञ्चालक समितिका सचिव मतिराज पौडेल लगायतले यो सहकारी संस्था राम्रो रहेको कुनै प्रकारको आर्थिक अपचलन नरहेको प्रष्ट्याउनु भएको थियो ।
त्यस अवसरमा उक्त सहकारीले संस्थाका जेष्ठ शेयरसदस्य मध्येबाट विष्णुकला थापा, तुल्सी पाण्डे, थानबहादुर श्रेष्ठ र नारायणप्रसाद पौडेल तथा धेरै शेयर सदस्य बनाउने शेयर सदस्यबाट विजयकुमार श्रेष्ठ, सीता जोशी, सुमित्रा आर्चा र ऋषिराम घिमिरेलाई सम्मान गरिएको थियो ।
प्रौढ सहकारीको साधारण सभा सम्पन्न