नेपालमा यो वर्षको मनसुन बाहिरिने क्रम सुरु भएको छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाका अनुसार हिजो आईतबारदेखि पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु भएको हो ।
यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको छ ।
मनसुनी वायु कमजोर हुदै गईरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख गरिएको छ ।