सिद्धार्थ केवलकार : आईपिओ खोल्ने तयारी

1.3K

सिद्धार्थ केवलकार : आईपिओ खोल्ने तयारी

बुटवल उपमहानगरपालिका वडा नं. १ देउराली डाडादेखि पाल्पाको तिनाउ गाउँपालिका नुवाकोट गढीसम्म भर्खरै सञ्चालनमा आएको सिद्धार्थ केवलकारको सार्वजनिक शेयर निश्कासनको तयारी गरिएको छ ।
हालै सम्पन्न सिद्धार्थ केबलकार लिमिटेडको वार्षिक साधारणसभामा त्यस विषयमा छलफल भएको हो । साधारण सभामा भएको छलफल अनुसार कम्पनीले १५ करोड रुपैंया बराबरको आईपिओ खोल्ने तयारी गरेको हो ।
उक्त साधारण सभाले सर्वसम्मत चार सदस्यीय सञ्चालक समिति चयन गरेको छ । चार वर्षे कार्यकालको लागि ईञ्जिनियर राजेन्द्रसिंह गुरुङलाई अध्यक्षमा चयन गरिएको छ । त्यसैगरी सञ्चालक समितिको सदस्यमा ईञ्जिनियर रमेशप्रसाद सापकोटालाई चयन गरिएको छ ।
शेयरधनीबाट कम्पनीको प्रबन्ध सञ्चालकमा कम्पनीका सञ्चालक प्रभुलाल अधिकारी र सञ्चालकमा माधवप्रसाद नेपाललाई सर्वसम्मत चयन गरिएको छ ।
नवनिर्वाचित सञ्चालक समितिका सदस्यहरुलाई प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोजकुमार खड्काले दोशल्ला ओढाएर शुभकामना व्यक्त गर्नुभएको थियो । बाँकी तीन सदस्यहरुमध्ये १ जना स्वतन्त्र सञ्चालक र दुई जना सर्वसाधारण शेयरधनीबाट आउने बताईएको छ । कम्पनीमा २२९ जन शेयर सदस्य रहेका छन् ।
भर्खर सञ्चालनमा आएको सिद्धार्थ केवलकार सञ्चालन हुने वटमस्टेशन बुटवल उपमहानगरपालिका वडा नं. १ देउराली डाडादेखि पाल्पाको तिनाउ गाउपालिकाको नुवाकोट गढीसम्म २ किलोमिटरको दुरी रहेको छ ।