लुम्बिनी प्रदेश नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा ढकाल

1.3K

लुम्बिनी प्रदेश नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा ढकाल

नेपाली काँग्रेसले लुम्बिनी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा सांसद जमुना ढकाललाई नियुक्त गरेको छ ।
प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश सभा सदस्य ढकाललाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । बुधबार (असोज २३) देखि नै लागु हुनेगरी प्रदेश सभा संसदीय दलका नेता चौधरीले ढकाललाई नियुक्त गर्नुभएको हो ।
यस अंगाडि संसदीय दलका प्रमुख सचेत जन्मजय तिमिल्सीनाले पदबाट राजीनामा गरेपछि उक्त पद रिक्त थियो । लुम्बिनी प्रदेश सभामा रुपन्देहीबाट समानुपातिक प्रतिनीधित्व गर्ने युवा तथा महिला नेतृ ढकाल विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा हुनुहुन्थ्यो ।