लुम्बिनी प्रदेश सभाले पारित गरेका दुई विधेयक प्रदेश प्रमुखको कार्यालयबाट पुःनविचारका लागि प्रदेश सभामा फिर्ता भएका छन् । लुम्बिनी प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाएका प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक प्रदेश प्रमुख कृष्णबहादुर घर्तिले आफ्नो राय सुझाव सहित पुनःविचारका लागि फिर्ता गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव वेदप्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।