मनसुन बाहिरिएसंगै घट्न थाल्याे तापक्रम

1.3K

मनसुन बाहिरिएसंगै घट्न थाल्याे तापक्रम

नेपालबाट मनसुन बाहिरिएसँगै तापक्रम क्रमशः घट्न थालेको छ । अत्यधिक गर्मीहुने तराईका जिल्लामा बिहिबार अधिकतम तापक्रम २८ देखि ३२ डिग्री सेल्सियस मापन गरिएको छ ।
याे वर्ष तराईका यी जिल्लामा अत्यधिक ४१/४२ डिग्री सेल्सियससम्म मापन गरिएको थियाे । नेपालबाट मनसुन बाहिरिने क्रममा भने यी जिल्लाकाे अधिकतम तापक्रम ३३-३४ डिग्री सेल्सियस थियाे ।
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज बिहान जारी गरेको मौसम बुलेटिन अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।