नेपालमा तीन बायुको प्रभाव : पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना

1.3K

नेपालमा तीन बायुको प्रभाव : पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना

नेपालमा तीन बायुको प्रभाव देखिएको छ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ भने कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव रहेको छ ।
जसका कारण कोशी र लुम्बिनी प्रदेशका पुर्बी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।
ती बायुको प्रभावका कारण कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाको अनुरोध छ ।