सरकारले गरिरहेको काममा नेपाली काँग्रेस सन्तुष्ट देखिएको छ । पार्टीका सभापति शेरबहादुर देउवाले सरकारको काम प्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस र एमालेको विचमा बनेको सरकारको सय दिन पुरा भएको अवसरमा उहाँले सरकारका कामप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको भनाई राख्नुभयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा संघीय सरकार बनेको सय दिन दिन पूरा भएको छ । गत असार १७ मा संसदको बाँकी समयको पहिलो २ वर्ष एमाले अध्यक्ष ओली र त्यसपछि बाँकी डेढ वर्ष काँग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने सहमति सहित असार ३० मा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभएको थियो ।
सभापति देउवाले काँग्रेस–एमाले गठबन्धन सरकार पूरा कार्यकाल चल्ने पनि सभापति देउवाले बताउनुभयो । उहाँले विपदका बेला पनि सरकारले राम्रो काम गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो–‘बाढी पहिरोमा सरकारले उद्धार र खोजी गरेको छ । हेलिकप्टरबाट पनि उद्धार गरेको हो, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम ।’