अतिरिक्त शुल्क लिने कानुन व्यवसायीलाई अनुशासनको दायरामा ल्याउँछौं : महान्याधिवक्ता वडाल

1.3K

अतिरिक्त शुल्क लिने कानुन व्यवसायीलाई अनुशासनको दायरामा ल्याउँछौं : महान्याधिवक्ता वडाल

सरकारका महान्याधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषदका अध्यक्ष वरिष्ठ अधिवक्ता रमेश वडालले कानुन व्यवसायीलाई आफूहरुले सेवाग्राहीसंग लिएको सेवा शुल्कको कर बुझाउन आग्रह गर्नुभएको छ ।
उहाँले सेवा शुल्क बाहेक अतिरिक्त शुल्क लिने र विचौलियाको समेत काम गरेको विषयमा धेरै उजुरी अनुशासन समितिमा आएको जानकारी गराउँदै सेवा शुल्क बाहेकको रकम लिएको छ भने अनुशासनको दायरामा ल्याईने र सम्पत्ति सुद्धिकरणमा पनि पर्न सक्ने चेतावनी दिनु भएको हो ।
नेपाल कानुन व्यवसायी परिषद र लयर्स एकेडेमीले कानुन व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागि वाणिज्य कानुन विषयक तालिमको बुटवलमा उद्घाटन गर्दै उहाँले महान्याधिवक्ताको कार्यालयबाट हुने सुधारका काम धेरै भईसकेको पनि जानकारी गराउनु भयो ।
उहाँले विवाह कानुन सुधार गर्न लागिएको बताउँदै १८ वर्ष अगाडिको बाल विवाहलाई बदर गर्ने र २० वर्ष भन्दा कम १८ वर्ष सम्मको उमेरको विवाहलाई बालविवाहकै रुपमा लिएर कानुनी कारवाही गर्ने तर विवाह बदर नगर्ने विषयमा छलफल भईरहेको जानकारी गराउनु भयो ।
त्यसैगरी कारागार सुधारको लागि पहल भईरहेको जानकारी गराउँदै उहाँले खुला जेल प्रणालीमा जान चोहको बताउनु भयो । खेला जेल प्रणाली अन्तरगत आर्मी तयार भयो भने आर्मीले गर्ने काममा कैदी बन्दीलाई प्रयोग गर्ने विषयमा छलफल भईरहेको र स्वयम व्यक्तिकै घरमा पनि निश्चित क्षेत्रफलमा मात्रै आवतजावत गर्न सक्नेगरी उसको शरीरमा चिप्स राखेर मोनिटरिङ गर्न सकिने विषय छलफलमा रहेको बताउनु भयो ।
त्यसैगरी नेपाल बार एशोसियशनका अध्यक्ष तथा नेपाल कानुन व्यवसायी परिषदका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन व्यवसायीलाई सक्षम र सवल बनाउनको लागि समयसापेक्ष प्रशिक्षण गर्नेगरी लयर्स एकेडेमीको स्थापना गरिएको जानकारी गराउँदै ऐन निर्माणको काम भईरहेको बताउनु भयो । उहाँले कानुन व्यवसायी परिषद र बार एशोसियशनले जोईन्टि काम गरिरहेको बताउँनु भयो । न्यायको लागि विसंगतिका विषयमा कुरा उठाउँदा अदालतको अपहेलनामा मुद्धा चलाएको बताउँदै त्यो विषय अपहेलनाको विषय नबन्ने जिकिर गर्नुभयो ।

कानुन व्यवसायिका लागि विषयगत बाणिज्य कानुन सम्बन्धि तालिम सात दिनसम्म चल्नेछ । लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना गरिएको पहिलो चरणको तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट ४० जना कानुन व्यवसायी सहभागि भएको काननु व्यवसायी परिषदका सदस्य बाबुराम पाण्डेले जानकारी गराउनु भयो । उहाँका अनुसार तालिममा १० वर्षभन्दा कम अवधि अभ्यास गरेका र बाणिज्य कानुनमा चिन्तन गर्ने कानुन व्यवसायीलाई सहभागि गराईएको छ । त्यसपछि क्रमशः दाङ र नेपालगञ्जमा पनि तालिम सञ्चालन गरिने उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा काउन्सिलका सदस्य तथा लयर्स एकेडेमीका उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, उच्च अदालत बुटवलका न्यायधिश बासुदेव आचार्य, नेपाल बारका उपाध्यक्ष पशुपति भण्डारी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, उच्च अदालत बुटवल बारका अध्यक्ष गोविन्द मरासिनी, नवलपरासी जिल्लाबारका अध्यक्ष धनप्रसाद जैसी, रुपन्देही जिल्ला बारका अध्यक्ष लयप्रसाद भट्टराई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।