डा. मोहनमान सैंजुको स्वर्गारोहणको १३ औ दिनको दिन श्रदान्जली सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री, पूर्व राजदूत डा. भेषबहादुर थापाले डा. सैजुको प्रतिभाको मुल्यांकन गरेर तत्कालीन अवस्थामा भूमि सुधार र अनिवार्य बचत जस्ता निक्कै कठिन कार्यको जिम्मेवारी दिन आफुले सैंजुलाई भन्दा शाखा अधिकृतमा भए नखाने भनेपछि बिशेष निर्णय गरेर बिशेष अधिकृतको पद दिएर भूमि सुधार बिभागको डाईरेक्टर बनाएकाे स्मरण गर्नुभयाे । साथै कस्तो परिबेशमा राजा बीरेन्द्रले सैंजुलाई अमेरिकाको राजदूत नियुक्त गरेका थिए भन्ने बारे समेत स्मरण गर्नुभयाे ।
टेवा नामको सामाजिक संस्थामा समेत महत्वपुर्ण भूमिका खेलेको बताउदै टेवासंग आबद्ध रीता थापाले डा. सैंजु को भौतिक शरीर नभएपनि उनले देखाएको बाटो र भाबी सन्ततिले कहिल्यै नभुल्ने बताउनु भयाे ।
माधुरी सैंजुको माईति परिवारका डा. प्रमोद श्रेष्ठले सैजु नेपालकै रत्न रहेको बताउनु भयाे । उहाँ करिव १० बर्ष योजना आयोगमा रहदा निकै प्रष्ट र प्रभावकारी ढंगले कार्य संचालन गरेको, ईस्कापमा राम्रो प्रभावकारी भूमिका निभाएको पनि स्मरण गर्नुभयाे ।
माधुरी सैंजुका भाई नरेन्द्र श्रेष्ठले डा. सैंजुसंगको सामिप्यता करीब ५० बर्ष लामो रहेको र २०४६ को जनआन्दोलनका बेला अमेरिकामा हुदा समेत डा. सैंजुको धारणाबारे समेत प्रकाश पार्नुभएकाे थियाे I
डा. बिना प्रधानले बुधबारेदेखि जागीर खाएपछि त्रि.बि.मा शिक्षाध्यक्ष हुदा समेत स्व. सैंजुको बाककला र अरुलाई सहमत गराउने क्षमता डा. सैंजुमा रहेको स्मरण गर्नुभयाे I टोल सुधार समिति समाज, सानेपाकी सरला केसीले डा. सैजु एक असल अभिभावक रहेकाे बताउनु भयाे ।
परिवारका सदस्य भतिजा अनुपमान सैंजुले उहाँमा “तिमि गर्न सक्छौ “भन्ने धारणा रहेको र त्येसैमा हिड्न अभिप्रेरित गरिरहने बताउनु भयाे । देशले मलाई के दियो होईन्, मैले मेरो देशलाई के दिन सक्छु भन्ने उहाँमा रहेकाे अनुपमानले बताउनुभयाे । दैनिक पारिवारिक घटना समेतको स्मरण गर्दै देशकै लागि एक अपुरणीय क्षति भएको बताउनु भयाे I
सो अवसरमा बक्ता सबैले पत्नी माधुरी, छोरी मीता, छोरा मानिष र परिवारका सबै सदस्य प्रति गहिरो समबेदना प्रकट गरेका थिए I पत्नी माधुरी सैंजुले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नुभयाे ।