चाईनिज कम्पनी डोङफेङको प्रिमियम र स्मार्ट नामी ईभी लुम्बिनी प्रदेशमा लञ्च गरिएको छ । नेपालको लागि आधिकारिक विक्रेता एम.ए.डब्लु. वृद्धिले सोमबार साँझ तिलोत्तमामा औपचारिक कार्यक्रम गरी प्रिमियम र स्मार्ट नाभी ईभी सार्वजनिक गरेको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की एम.ए.डब्लु.का विजनेश हेड प्रशन्न पन्त तथा डोङफेङ बुटवल इमरल्ड ओटोमोवाईल्सका प्रवन्धक योगेन्द्र खड्गीले संयुक्त रुपमा नामी ईभी सार्वजनिक गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै नगरप्रमुख खाँणले वातावरणका लागि उपयुक्त ईभीको प्रयोग बढाउन र त्यसको विक्रि वितरणसंगै मर्मतको लागि पनि सोही किसिमले वातावरण तयार गर्न आग्रह गर्नुभयो । उहाँले ईभीको प्रयोग बढाउनको लागि ईभी अनुकुलको सडक पूर्वाधार विकासमा जोड दिईने जानकारी गराउँदै चार्जिङ् स्टेशन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी ईभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गरिने एम.ए.डब्लु.का विजनेश हेड प्रशन्न पन्त बताउनु भयो । उहाँका अनुसार ह्याचव्याक सेग्मेन्टमा राखिएपनि यो आकारमा ठूलो छ । त्यस्तै यसमा सेग्मेन्ट फस्ट र सेग्मेन्ट वेष्ट फिचर प्रयोग गरिएका छन् ।
कार्यक्रममा डोङफेङका लागि बुटवल डिलर इमरल्ड अटोमोवाईल्सका प्रवन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट ईभी नामीलाई प्रतिनीधित्व गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
नामीले आफ्नो सेग्मेन्टमा लग्जरी र इन्टेलिजेन्टको नायाँ मापदण्ड स्थापित गरेको छ । यसमा लग्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि प्रयोग गरिएको छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फेमलेस डोर, फ्लस डोर ह्याण्डल, अटो पार्किङ लगायतका फंसन रहेका छन् ।
यो नामी ई–१, नामी ई–२ र नामी ई–३ गरी तीन भेरियन्टमा उपलब्ध छ । जसको मुल्य २९ लाख ९९ हजार, ३१ लाख ९९ हजार र ३४ लाख ९९ हजार रहेको छ । एम.ए.डब्लु. वृद्धिले मंगलबारदेखि बुटवलमा एक्सचेन्ज एण्ड टेष्ट ड्राईभ क्याम्पको आयोजना गरिएको छ ।