संघीयतालाई पुनः पुनसंरचना गर्नुपर्छ : प्रदेश प्रमुख घर्ती

1.3K

संघीयतालाई पुनः पुनसंरचना गर्नुपर्छ : प्रदेश प्रमुख घर्ती

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले संघीयताको पुनः पुनसंरचना गर्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले प्रदेश र पालिकाको संख्या बढी भएको बताउँदै त्यसलाई पुनः पुनसंरचना गरेर सच्याउनु पर्ने भनाई राख्नुभयो ।
अन्तर धार्मिक सद्भाव संघले बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घर्तीले सानो देश नेपालमा सात प्रदेश आवश्यक नरहेको बताउँदै तीन तहको संघीयता बनाउने हो भने बढीमा तीन प्रदेश भए पुग्ने भनाई राख्नुभयो ।
त्यस्तै उहाँले ७५ जिल्ला कायम गर्ने र संघीय सांसदको संख्या समेत घटाएर १५० बनाउँदा उपयुक्त हुने भनाई राख्नुभयो । त्यसैगरी संघीय सरकारमा १५ सदस्यीय मन्त्री परिषद, ५ सय भन्दा कम पालिका भए पुग्ने उहाँको भनाई छ । राष्ट्रिय सभा, उपराष्ट्रपति, उपसभामुख राज्यमन्त्री जस्ता पद आवश्यक नभएको पनि भनाई राख्नुभयो ।