अनलाईन सट्टेवाजी (जुवा)मा संलग्न १४ जना भारतीय पक्राउ : अनुसन्धानको लागि पाँच दिन म्याद थप

1.3K

अनलाईन सट्टेवाजी (जुवा)मा संलग्न १४ जना भारतीय पक्राउ : अनुसन्धानको लागि पाँच दिन म्याद थप

प्रहरीले रुपन्देहीको भैरहवाबाट अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न भएका १४ जना भारतीय नागरिकलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ । मंगलबार दिउँसो पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत भैरहवाबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ३ सगुनीपथमा अस्फाक आलमको घरमा अनलाईन मार्फत सट्टेवाजी (अवैध जुवा) सञ्चालन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुले अनलाईन मार्फत ह्वाट्स एप समेतको माध्यमबाट टाईगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाएर क्रिकेट रेस हर्स, हक्की, टेनिस, फूटवल लगायतका गेमहरु विभिन्न वेवसाईटबाट अवैध रुपमा वेटिङ सट्टेवाजी जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट ल्यापटप मोवाईल लगायतका उपकरणहरु वरामद गरिएको पनि प्रहरीले जनाएको छ ।