३३औं अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस (३ डिसेम्बर)को अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवल देवीनगर स्थित नेपाल अपाङ्ग आश्रममा सहयोग प्रदान गरेको छ ।
मंगलबार विहान आश्रममा आश्रति अपाङ्गता भएका बालबालिकाको लागि स्टेसनरी, पठनपाठनका सामग्री तथा सरसफाईका सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा आश्रमका अध्यक्ष डोलबहादुर रामदाम तथा जेष्ठ अपाङ्गता भएका व्यक्ति र सेवारत अभियान्ताहरुलाई प्रोत्साहन स्वरुप दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार तथा निवर्तमान सभापति गोविन्द खनाल, केन्द्रिय सदस्य डिपि खनाल, पुर्व सभापति हरिस ढकाल, कृष्णप्रसाद भट्टराई, जिल्ला सभापति अर्जुन ज्ञवाली तथा कार्यक्रम संयोजक कल्पना ढकालले अपाङ्गता भएका व्यक्तिलाइ सहयोग, सदभाव, प्रेमको ब्यवहार गरिनुपर्ने र राज्यले उनीहरुको हेरचाह, संरक्षण, साथै समावेशी तथा दिगो भविष्यको पूर्वाधार निर्माण गर्दै अपाङ्गता भएका ब्यक्तिको प्रवल नेतृत्वको लागि पहलकदमी र विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
आश्रमका अध्यक्ष डोलबहादुर रामदमले मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अपाङ्ग भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसमा आफ्नो आश्रमलाई सम्झेर सहयोग र प्रोत्साहन स्वरुप सम्मान गरेकोमा आभार व्यक्त गर्नुभयो ।
समाजका पदाधिकारी, कार्यसमिति सदस्य, अभियान्त्तहरुको उपस्थितिमा जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक कल्पना ढकालको स्वागत र जिल्ला सचीव लिलाधर लुइँटेलको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।