रोटरी क्लब अफ तिलोत्तमा रूपन्देही भारतको रोटरी क्लव अफ बलरामपुर ग्रेटरकाे निमन्त्रणामा बलरामपुर सराबस्तीमा रोटरीको शान्ति सम्बन्धि कार्यक्रममा सहभागि भएको छ ।
उक्त कार्यक्रममा रोटरी क्लब अफ तिलोत्तमा रूपन्देहीले नेपालकाे राष्ट्रिय गान गाउनुकाे साथै क्लवकाे झण्डासंगै नेपालको राष्ट्रिय झण्डा अङ्कित पिन आयाेजक रोटरी क्लव अफ बलरामपुर ग्रेटरका अध्यक्ष डा. साैरभ सिंहलाई प्रदान गरिएकाे राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीका अध्यक्ष देवीराम पाण्डेले जानकारी गराउनु भयाे ।
कार्यक्रममा क्लवका अध्यक्ष पाण्डेले क्लवकाे तर्फबाट शान्ति सम्बन्धि मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रममा विश्वमा कसरी शान्ति कायम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएकाे थियाे ।
कार्यक्रममा भारतका विभिन्न रोटरी डिस्ट्रिक्टबाट उपस्थित डिस्ट्रिक्ट गभर्नरहरू राष्ट्रपति कार्यालयका सचिव लगायत विशिष्ट ओहाेदामा रहेका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे । उक्त कार्यक्रममा राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीबाट अध्यक्ष देवीराम पाण्डे सहित प्रेसिडेन्ट ईलेक्ट दीपक भट्टराई, मेम्बरशिप कमिटि चियर शारदा भट्टराई, पब्लिक इमेज चियर किशोरकुमार बिक, क्लवका सदस्य एकराज गैरे र बन्दना श्रेष्ठ सहभागी हुनुभएकाे थियाे ।