लुम्बिनी, कर्णाली र सुददुरपश्चिमका केही स्थानमा वर्षाकाे सम्भावना

1.3K

लुम्बिनी, कर्णाली र सुददुरपश्चिमका केही स्थानमा वर्षाकाे सम्भावना

लुम्बिनी, कर्णाली र सुददुरपश्चिमका केही स्थानमा वर्षाकाे सम्भावना देखिएकाे छ । माैषम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाकाे साथै गण्डकी प्रदेशका थोरै स्थानहरु तथा  बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेको छ । जसकाकारण दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदली देखी मौसम मुख्यतया सफा रहेको छ । तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।