नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी हुनु भएको छ । महासंघको मंसिर २८ गते सम्पन्न केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको मतपरिणाम अनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गर्नुभयो । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत उापनु भयो । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष महिलामा नितु पण्डित, उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिव खुलामा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदिवासी जनजातिमा सविन प्रियासन, सचिव मधेशीमा अशोककुमार तिवारी, सचिव दलिततर्फ प्रकाश धौलाकोटी, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुली निर्वाचित हुनु भएको छ ।
कोषाध्यक्षमा रामकृष्ण अधिकारी, कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमाल, र शङ्कर खरेल, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा र राजेशकुमार कर्ण, बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिक, र नारायणप्रसाद अधिकारी, गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी र केवी राना, लुम्बिनी प्रदेश सदस्यमा रामराज पोख्रेल र विकास वञ्जाडे, कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायर र सुरेश पन्त तथा उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्त विजयी हुनु भएको छ ।
प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओली र सविता शर्मा, संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरी र मनुका कुँवर, खुला सदस्यमा छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, रामेश्वर कार्की, लवदेव ढुङ्गाना, मधेसी महिलातर्फ रुवीकुमारी रौनियार, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वा, खस आर्य महिलामा लिला शाह योगी, दलित महिलातर्फ रीता बुढाथोकी निर्वाचित, दलित सदस्यमा सिकेन्द्र पासवान, दलित सदस्यमा सावित्री रसाइली, आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगर, आदिवासी महिला सदस्यमा देविका घर्ती मगर, मधेसी सदस्यमा राजकरण महतो, मधेसी सदस्य महिलामा ललिताकुमारी साह, अपाङ्गता भएका सदस्यमा भूपराज बस्याल, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामी निर्वाचित हुनु भएको छ ।
लेखा समिति संयोजकमा केसी लामिछाने र सदस्य खुलामा केशवप्रसाद बोहरा तथा लेखा समिति सदस्य महिलामा रुक्मिणी पोखरेल निर्वाचित हुनु भएको छ ।