हिउँदे वर्षा सुरु : चिसो बढ्ने

1.3K

हिउँदे वर्षा सुरु : चिसो बढ्ने

पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु भएको । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ ।
काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउने पनि महाशाखाले जनाएको छ ।
यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।