पश्चिम नेपालमा माैषम बदली : पूर्वतिर फैलिदै, चिसाे बढ्दै

1.3K

पश्चिम नेपालमा माैषम बदली : पूर्वतिर फैलिदै, चिसाे बढ्दै

पश्चिम नेपालबाट सुरु भएकाे मौसम बदली पूर्वतीर फैलिंदै गरेकाे छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
माैषमविद्का अनुसार यो प्रणाली विस्तारै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउने छ । पूर्व सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने छ । आज मंगलबार दिउँसोसम्म बदली कायम रहने छ । बुधबारदेखि केही कमजोर हुँदै जाने अनुमान गरिएकाे छ।
बदली भएपनि वर्षा भने भइसकेको छैन । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना देखिएकाे छ । माैषम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहने छ ।
मौसममा बदली भएसँगै चिसो बढ्न सुरु भएको छ ।