आगामी वर्ष बुटवलमा उद्याेग व्यापार संघले मेला गर्ने

1.3K

आगामी वर्ष बुटवलमा उद्याेग व्यापार संघले मेला गर्ने

उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी पुसमा गर्ने भएकाे छ । संघले साेमबार बुटवलमा पत्रकार सम्मेलन गरी २०८२ पुस ५ देखि १८ गतेसम्म औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ गर्ने निर्णय गरिएकाे जानकारी गराएकाे हाे ।
उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले मेला सञ्चालनका लागि निर्णय गरि बुटवल उपमहानगरपालिकामा जानकारी सहित निवेदन दर्ता गराइसकेको जानकारी गराउनु भयाे ।
संघका निवर्तमान अध्यक्ष गोविन्द राज गैरेले  बुटवलका ४ वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्ने  नियम अनुसार २०७८ सालमा संघले चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको  र आगामी २०८२ मा पाचौ मेला  गर्न लागिएकाको बताउनु भयाे । 
संघका संस्थापक अध्यक्ष खिम नारायण पराजुलीले २०८२ को मेला फरक र उत्कृष्ट बनाउने बताउनु भयाे । स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरणको मूल नारा सहित संघले मेलामा  स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताउनु भयाे ।