तराईका धेरै स्थान तथा उपत्यकाहरुमा हुस्सु/कुहिरो र सितलहर लागेको छ । देशका पहाडी भू-भागमा भने आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको माैषम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हुस्सु/कुहिराे र सितलहरका कारण देशभर चिसाे बढेकाे छ भने दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।