लायन्स क्लव अफ बुटवल शान्तीदीपले बुटवल १३ बेलबास जबइमा रहेको लुम्बिनी दृष्टि बिहिन तथा अपाङ्ग आश्रममा आश्रीतलाई खाना खुवाएको छ । क्लवले सामाजिक उत्तरदायित्व बहन गरी हङ्गर रिलिफ कार्यक्रम अन्तरगत आश्रममा आश्रीतलाई खाना खुवाईएको हो ।
क्लवका अध्यक्ष विशाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधनले क्लवले गरेको सामाजिक कार्यले सिंगो लायन्सको साख उठाएको भनाई राख्नुभयो । त्यस्तै लायन्सका एरिया चिफ बिमला गैरे, रिजन चेयर प्रसन बाबुराम खनाल, बेदप्रसाद गैरे, आश्रमका अध्यक्ष पदम सुनार लगायत क्लवका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
क्लवका जालन्धर भुसालको संयोजकत्वमा भएको कार्यक्रम सचिव लक्ष्मीनारायण खनालको सञ्चालनमा भएको थियो ।