आँगन बचत तथा ऋण सहकारी संस्थामा शेयर सदस्यलाई उपचार सहितकाे दुर्घटना विमा गर्ने निर्णय गरिएकाे छ । बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेकाे आँगन बचत तथा ऋण सहकारी संस्थाकाे शनिबार बुटवलमा सम्पन्न पन्ध्राै वार्षिक साधारण सभाले दुर्घटनामा परेर घाईते भए १ लाख सम्मकाे उपचार र मृत्यु भएमा २ लाख रुपैंया परिवारलाई उपलब्ध गराउने गरी उपचार सहितकाे विमा गर्ने निर्णय गरिएकाे हाे ।
त्यसकाे लागि साधारण सभाले कार्यसमितिलाई अख्तियारी प्रदान गरेकाे छ । साधारण सभाले संस्थका अध्यक्ष राजिव गाैतमले दिएकाे राजिनामा स्वीकृत गर्दै रिक्त अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष युवराज ढकाललाई चयन गरिएकाे छ । त्यस्तै रिक्त उपाध्यक्ष पदमा छमबहादुर अधिकारी, सचिवमा कविन्द्र नेपाल र कार्यसमिति सदस्यमा सुरेश ज्ञवालीलाई चयन गरिकाे छ ।
साधारण सभामा असल ऋणी आशिष अर्याल, असल बचतकर्ता रम्भादेवी अर्याल, शेयर सदस्यका छाेराछाेरी मध्ये प्लस २ मा उत्कृष्ट प्रविण अर्याल र अदिती अधिकारीलाई नगद सहित सम्मान गरिएकाे छ । त्यसैगरी संस्थाकाे श्रीबृद्धिमा याेगदान गर्नुभएका संस्थाका पूर्वअध्यक्ष यमप्रसाद तिवारीलाई पनि सम्मान गरिएकाे छ ।
साधारण सभामा संस्थाका अध्यक्ष युवराज ढकालले प्रस्तुत गर्नुभएकाे वार्षिक प्रतिवेदन, काेषाध्यक्ष नरदेव न्याैपानेले प्रस्तुत गर्नुभएकाे आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयाेजक ध्रुवराज अर्यालले प्रस्तुत गर्नुभएकाे लेखा समितिकाे प्रतिवेदन सर्वसम्मत पारित भएकाे छ ।
साधारण सभामा संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्ष यमप्रसाद तिवारी, राजिव गाैतम, शेयर सलस्य यमलाल लाेहनी लगायतले भनाई राख्नुभएकाे थियाे ।