बुटवलमा सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नूकर प्रतियोगिताको तयारी गरिएको । नेपाल बिलियार्डस् स्नूकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नूकर क्लबको आयोजनामा फागुन १२ गतेदेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नूकर च्याम्पियनसीप गर्न लागिएको हो ।
बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबमा हुने प्रतियोगितामा देशभरबाट अधिकतम १२८ जना खेलाडीले भाग लिने नेपाल बिलियार्डस् स्नूकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा भाग लिन फागुन ७ गतेभित्रै नाम दर्ता गराइ सक्नुपर्ने छ ।
प्रतियोगिताको विजेतालाई ३ लाख ३ हजार रुपैंया नगद परस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उपविजेतालाई १ लाख १ हजार रुपैयाँ नगद परस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । हाइएस्ट ब्रेकरलाई ५५ हजार रुपैयाँ, सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद १० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नूकर स्टिकबाट पुरस्कृत गरिने उहाँले जानकारी गराउनु भयो ।
यसअघि काठमाडौंमा प्रथम पुरस्कार २ लाख ५५ हजार रुपैया पुरस्कार राशीको प्रतियोगिता भएको थियो र त्यो रेकर्डलाई बुटवलको प्रतियोगिताले तोड्ने उहाँले बताउनु भयो । स्नूकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले स्नूकर खेललाई उचाईमा पु¥याउनुका साथै बुटवलको खेल पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाई छ ।