रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले मानव सेवा आश्रममा आश्रीतलाई खाना खुवाउनुको साथै जिन्सी तथा नगद सहयोग प्रदान गरेको छ । क्लवको नियमित साप्ताहिक बैठकमा जेष्ठ नागरिकसंग रोटरी कार्यक्रमको अयोजना गरी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मोक्षधाम परिषरमा रहेको मानव सेवा आश्रममा आश्रीतलाई सेवा गरिएको क्लवका अध्यक्ष देवीराम पाण्डेले जानकारी गराउनु भयो ।
त्यसअवसरमा आश्रमको तर्फबाट प्रेमबहादुर सारुले रोटरी क्लवले आश्रममा आश्रीतलाई खाद्यान्न तथा जेष्ठ नागरिकलाई जुत्ता प्रदान गर्नुको साथै आश्रमलाई नगद समेत प्रदान गरेकामा धन्यवाद प्रकट गर्नुभयो । त्यसका लागि क्लवका उपाध्यक्ष निरन्जन पोखरेल, उहाँकी जीनवसंगिनी जोस्नाले ५ हजार रुपैंया सहयोग गर्नुभएको थियो । त्यसैगरी एसियन थाईफूडको तर्फबाट चाउचाउ प्रदान गरिएको थियो भने स्नेहा कन्फेसनरी योगीकुटीबाट तयारी खाद्यबस्तु प्रदान गरिएको थियो ।
त्यस अवसरमा आश्रम परिषरमा रोटरीको फोर वे टेष्ट स्टिकर लगाईएको थियो । क्लवका पब्लिक ईमेज चियर किशोरकुमार बिकको सञ्चालनमा भएको कार्यक्रममा संयोजक देवीलाल भट्टराईले स्वागत तथा उपाध्यक्ष शंकर पाण्डेले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
