बुटवल जेसीजका अध्यक्ष मोहन : मोहनडाडा देखि जेसी मोहनसम्म

1.3K

बुटवल जेसीजका अध्यक्ष मोहन : मोहनडाडा देखि जेसी मोहनसम्म

‘हरेक व्यक्तिको जीवन एक खुला किताब हो । संघर्ष, सपना, र सफलताका अनगिन्ती पानाहरूले भरिएको ।’ यो भनाइ बुटवल जेसिजका नवनिर्वाचित अध्यक्ष मोहन न्यौपानेको जीवनसँग मेल खान्छ । उहाँले नेतृत्वलाई केवल जिम्मेवारीका रूपमा मात्र होइन, अवसर सिर्जना गर्ने साधनका रूपमा पनि लिएको बताउनु हुन्छ ।
नेतृत्वको वास्तविक उदाहरण प्रस्तुत गर्ने अठोटका साथ केही दिन अघि पदको सपथ लिनु भएका न्यौपाने साघुरो गल्लिबाट फराकिलो सडकमा आईपुग्दा सम्हालिएर हिडेका युवा हुनुहुन्छ भन्दा अत्युक्ति नहोला । जिबिकोपार्जनको लागि देशमै अवसर छ । आफ्नै जन्मभुमिमा इमान्दारिताका साथ कर्म गरे स्थापित हुन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ न्यौपाने ।

पाँच वर्षको उमेरमै मातृवियोग

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–५, मोहन डाँडामा जन्मिएका मोहन न्यौपानेको बाल्यकाल प्रेरणादायी छ । उहाँ सामाजिक अभियन्ता स्व. विष्णुप्रसाद न्यौपानेका नाति र पिता तोलाकान्त न्यौपानेका माइलो सुपुत्र हुनुहुन्छ । पाँच वर्षको उमेरमै मातृवियोगको पीडा सहेर पनि उहाँको बालमस्तिष्कले जीवनको गहिरो पाठ सिक्यो । उहाँका पिताले आमाको भूमिका पनि निर्वाह गर्दै उहाँलाई असल संस्कार, अनुशासन, र प्रेरणा प्रदान गर्नुभयो ।

शिक्षा र संघर्ष

मोहन न्यौपानेको औपचारिक शिक्षा सरस्वती प्रा.वि. गल्याङबाट सुरु भयो । बुटवलको कालिका माविबाट एसएलसी उत्तीर्ण गरिसक्दा उहाँको संघर्षले जीवनको एउटा मोड लिइसकेको थियो । उच्च शिक्षा लुम्बिनी वाणिज्य क्याम्पस र बुटवल बहुमुखी क्याम्पसमा पूरा गर्नुका साथै, सिए अध्ययन क्रममा वित्त र व्यवस्थापनमा दक्षता हासिल गर्दै हाल कानुनमा अध्ययनरत हुनुहुन्छ । संगैका साथी पढेर काम पाउने आसमा थिए तर न्यौपानेसंग काम गर्दै पढ्नु पर्ने बाध्यता थियो । मोहनका लागि विद्यार्थी जिवनको रमाईलो भनेकै संघर्षमा थियो ।

पेशागत जीवन र उपलब्धिहरू

स्याङ्जाबाट ठुली दिदिको हात समाएर बुटवल झरेका न्यौपाने एक साधारण बालक, संघर्ष गर्दै अघि बढेर युवा अवस्थामा आईपुग्दा बुटवलको कालिकानगरस्थित एम.एस. असाइनमेन्ट एण्ड कन्सल्टिङ प्रालिका सफल सञ्चालकको परिचय बनाउनु भएको छ । दर्जनौँलाई रोजगारी र सयौँ विद्यार्थीलाई इन्टर्नशिप (अभ्यास शिक्षण)को अवसर प्रदान गर्दै उहाँले व्यावसायिक क्षेत्रमा पनि प्रेरणाको नयाँ आयाम थप्नुभएको छ ।

परिवार र प्रेरणाको स्रोत

गुल्मीकी शालिन स्वभावकी सुष्मा भण्डारी उहाँकी धर्मपत्नी हुनुहुन्छ । दुई सन्तान सोहन र सुहानाले सजिएको परिवार उहाँका प्रेरणाका स्रोत हुन् । उहाँको पारिवारिक र व्यावसायिक जीवनको सन्तुलन आम युवाहरुको लागि प्रेरणाको स्रोत हो ।

समाजसेवा र नेतृत्व विकास

विद्यार्थी जीवनदेखि नै समाजसेवामा सक्रिय रहनुभएका मोहन न्यौपाने रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीका पूर्व अध्यक्ष र कालिका भूपू विद्यार्थी समाजका अध्यक्ष भईरक्नु भएको छ । समाजसेवा र युवाको नेतृत्व विकासमा उहाँको योगदान प्रशंसनीय छ ।

राजनीतिकमा उदयीमान मोहन

नेपाली काँग्रेससँग जोडिएका मोहन न्यौपाने हाल बुटवल उपमहानगरपालिका वडा न. ९ को सचिव हुनुहुन्छ । विद्यार्थीकाल देखि नै नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा रहनुभएका न्यौपानेको इमान्दारिता, नेतृत्व कौशल, र कूटनीतिक क्षमताले उहाँलाई राजनीतिमा उदीयमान नेतृत्वका रूपमा स्थापित गरेको छ ।

जेसीज यात्रा

सन् २०१६ मा बुटवल जेसीजमा सदस्यका रूपमा यात्रा सुरु गर्नुभएका न्यौपानेले विभिन्न पदमा रहेर संगठनलाई बलियो बनाउन निरन्तर योगदान दिनुभएको छ । २०२५ का लागि अध्यक्षको रूपमा उहाँको नेतृत्वले युवाहरूको चौतर्फी विकास, शान्ति र लोकतन्त्रको अभियानलाई अझ बलियो बनाउने विश्वास गरिएको छ । बुटवल जेसिजको अध्यक्षको रुपमा जेसिजको विधि र विधानलाई अक्षरशः पालन गर्दै अघि बढ्ने उहाँको प्रतिबद्धता छ । उहाँ भन्नुहुन्छ–‘नियम र मर्यादाको पूर्ण पालना गर्दै संस्थामा अवसरको सिर्जना गर्नु, सदस्यहरूको क्षमता अभिवृद्धिका लागि योजनाहरू बनाई अगाडि सार्ने मेरो प्राथमिकता हुनेछ । यसकारण, उहाँको नेतृत्वमा बुटवल जेसीजको भविश्य अझ उज्यालो हुने विश्वास गर्न सकिन्छ ।

(प्रस्तुती : रमेश अर्याल)