लायन्स क्लव अफ बुटवल तिलोत्तमामा संस्थापक तथा पूर्वअध्यक्षहरुलाई सम्मान

1.3K

लायन्स क्लव अफ बुटवल तिलोत्तमामा संस्थापक तथा पूर्वअध्यक्षहरुलाई सम्मान

लायन्स क्लव अफ बुटवल तिलोत्तमामा संस्थापक सहित पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । क्लवको २५ औं चार्टर नाईट सेरेमोनीमा संस्थापक अध्यक्ष हिमाल कसजू सहित संस्थापक तथा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै क्लवका पूर्वअध्यक्ष समेत रहनुभएका लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सेवा भावले स्थापना भएको क्लवले सामाजिक तथा मानवीय सेवाका कार्यक्रमा उल्लेखनीय योगदान गरेको स्मरण गर्नुभयो । उहाँले भोलीका दिनमा अझै रचनात्मक काम गर्नको लागि आग्रह गर्नुभयो ।
त्यस्तै क्लवका संस्थापक अध्यक्ष तथा नेपाल परिवार नियोजन संघका निवर्तमान केन्द्रीय सभापति हिमाल कसजूले बुटवलमा एउटा मात्रै लायन्स क्लव हुँदा लायन्सवादलाई थप विस्तार गर्न र सामाजिक तथा मानवीय सेवालाई अझै फराकिलो बनाउने उद्देश्यले क्लव स्थापना गरिएको स्मरण गर्नुभयो । उहाँले अहिले पाठेघरको क्यान्सरलाई प्राथमिकता दिएर काम गरेकोमा आफूलाई पनि खुसी मिलेको बताउँदै त्यसमा सहकार्यका लागि आफू सधै तयार रहेको भनाई राख्नुभयो ।
क्लवका अध्यक्ष उपेन्द्रमान श्रेष्ठले क्लवले गर्दै आएका कार्यहरुको बारेमा जानकारी गराउँदै वर्षभरीमा गरेका कार्यक्रमको बारेमा समेत प्रकाश पार्नुभएको थियो । कार्यक्रममा लायन्स डिष्ट्रिकका पूर्वगभर्नर अरुणप्रताप राणा, फस्ट भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, क्लवका पूर्वअध्यक्ष शंकर श्रेष्ठ, लायन्स क्लव अफ सिद्धबाबाका संस्थापक अध्यक्ष रामप्रसाद वञ्जाडे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसै अवसरमा असक्त अपांगता भएकालाई न्यानो कपडा प्रदान गरिएको क्लवका सचिव काशीराज ज्ञवालीले जानकारी गराउनु भयो ।