फोनिज रुपन्देहीको अध्यक्ष मिनबहादुर राना

1.3K

फोनिज रुपन्देहीको अध्यक्ष मिनबहादुर राना

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीको अध्यक्षमा मिनबहादुर राना निर्वाचित हुनु भएको छ । फोनिज रुपन्देहीको शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा राज चौधरी, सचिवमा आकृति थापा, सहसचिवमा मनु गुरुङ, कोषाध्यक्षमा पदमा पार्वती थारुलाई चयन गरिएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा जगत ढाडा मगर, बसन्त सिंजाली, सुमन थापा, निलम चौधरी, एकु राना, नारायणी पाटा, जगिलाल थापा र खिम रेश्मीलाई चयन गरिएको निर्वाचन समिति संयोजक तथा फोनिजकी केन्द्रीय उपाध्यक्ष सरु रानाले जानकारी गराउनु भयो ।

त्यस अगाडि फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन समारोहमा रुपन्देहीको कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौषमी पुन, फोनिजकी केन्द्रीय उपाध्यक्ष सरु राना, प्रदेश इञ्चार्ज मिनल गाहा, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियार, प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष विरेन्द्र कुवँर, दलित पत्रकार संघ रुपन्देहीका अध्यक्ष टकबहादुर सुनार, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष थर्कबहादुर बाह्रघरे लगायतले व्यवसायिक पत्रकारिता, प्रेस स्वतन्त्रता, पत्रकारहरुको पेशागत सुरक्षा, सञ्चारमाध्यमको प्रवद्र्धन, मुल धारको पत्रकारिता लगायतका कुरामा जोड दिनुभएको थियो ।