संसद्को हिउँदे अधिवेशन सुरु : राश्वपाद्वारा बहिस्कार

1.3K

संसद्को हिउँदे अधिवेशन सुरु : राश्वपाद्वारा बहिस्कार

संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकको सुरुमा नै राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेको छ । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय माग गरी सिटबाट उठेर अवरोध गरेको हो ।
सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आग्रह गर्दै समय चाहिएमा थप समय दलीय आधारमा बोल्दा उपलब्ध गराउने बताउनु भएको थियो । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भन्दै समय माग गरेका थिए ।
सभामुखले रास्वपा सांसदहरू उभिएकै बेला कार्यसूचीमा प्रवेश गर्न खोजेपछि रास्वपा सांसदहरूले टेबुल बजाएर विरोध गरेका थिए भने संसदको अगाडि बढेपछि संसद बैठक छाडेर बाहिरिएका हुन् ।