बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि महायज्ञ गर्ने तयारी गरिएको छ । दानव नदीको तटमा पर्ने सेमलारको भाटाप्रगती टोलमा परोपकार कुञ्ज धाम निर्माणका लागि महायज्ञ गर्न लागिएको हो ।
करिब ३ बिगाहा क्षेत्रफलमा परोपकार कुञ्ज धाम निर्माण गर्न लागिएको र त्यसका लागि आर्थिक संकलन गर्नकाले लागि यहि फागुन ४ देखि ११ गतेसम्म श्रीमद् भागवत् धनधान्यान्चल महायज्ञ गर्न लागिएको हो । राष्ट्रिय परोपकार महासंघ नेपालले आयोजना गरेको महायज्ञ सम्पन्न गर्नको लागि मूल आयोजक समिति र २७ वटा विभिन्न उपसमिति गठन गरिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
परोपकार कुञ्ज धाम निर्माणका जग्गा प्राप्तीमा सहमति जुटेपछि धाम निर्माणको अभियान सुरु भएको राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष पं. कमलनयन गौतमले बताउनु भयो । परोपकार कुञ्ज धामलाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय केन्द्र बनाई पर्यटन प्रवद्र्धन गर्नेगरी कार्यक्रम अगाडि बढाईएको उहाँले बताउनु भयो ।
श्रीमद् भागवत् धनधान्यान्चल ज्ञान महायज्ञ सम्पादनका लागि सचिवालय स्थापना, १ हजार १ सदस्यीय महायज्ञ आयोजक मूल समिति र २७ वटा विभिन्न उपसमिति बनाएर तयारी काम अगाडि बढाईएको यज्ञ सम्पादन मूल समितिका संयोजक हरिध्वज मल्ले जानकारी गराउनु भयो ।
त्यस अवसरमा धामलाइ निश्कर्षमा पुर्याउन जनताको साथ रहेको र महायज्ञपछि स्थानीय पलिकाले सबै खालको सहयोग र सहकार्य गर्न तयार रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।