गुल्मी सिर्सेनी समाज रुपन्देहीको सम्पन्न साधारण सभा तथा अधिवेशनबाट भिष्मराज अर्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएकाे छ । शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ऋषि भट्टराई, महिला उपाध्यक्षमा गंगा खड्का कुँवर, सचिवमा जयन्त घर्ती, कोषाध्यक्षमा ज्ञानु अर्याललाई चयन गरिएकाे छ ।
त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा बिपना नानु अर्याल, डा. शिसिर अर्याल, टेकराज अर्याल र विष्णु पुरीलाई सर्वसम्मत चयन गरिएकाे छ । रोमलाल पुरीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको गरिएकाे हो ।
कार्यक्रममा मदाने गाउँपालिका वडा नं. ३ सिर्सेनीका पुर्व वडाध्यक्ष नारायण घर्तीले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा समाजका प्रमुख सल्लाहकार, बिशिष्ठ सदस्य, आजीवन सदस्य, साधारण सदस्य तथा गुल्मीको सिर्सेनीबाट रुपन्देही आएर बिभिन्न पेशा व्यवसायमा आवद्ध रहेका व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले आदर्श भट्टराई र हरि केसीलाई कार्यसमिति सदस्यमा मनोनित गरेकाे छ । संस्थामा हालसम्म २५ जना आजिवन सदस्य, २० जना बिशिस्ट सदस्य तथा ७८ जना साधारण सदस्य रहेकाे संस्थाले जनाएकाे छ ।
रुपन्देहीमा आएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध भएका, बसाइसराई गरेर रुपन्देहीमा आई बसाेबास गरेका सिर्सेनी बासीलाई संगठित गर्ने र सामाजिक सेवाको भावका साथ स्थापित समाजकाे अगुवाइमा सहयोगी हातहरुसंग समन्वय गरि गुल्मीको सिर्सेनीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान जस्ता कार्यक्रम सम्पन्न गरेको छ भने आयश्रोत कमजोर भएर समस्यामा परेका सिर्सेनीबासीलाई समाजको पहलमा सक्दो आर्थिक तथा अन्य सहयोग गर्ने गरेको अध्यक्ष भिष्म अर्यालले बताउनु भयाे ।
कार्यक्रममा अध्यक्ष भिष्म अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे भने काेषाध्यक्ष ज्ञानु अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नुभएकाे थियाे । साधारण सभाले बिधानमा सुधार गर्नुपर्ने केही भए संशाेधनका लाई विज्ञहरुकाे रायसुझाव लिनका लागि उपाध्यक्ष ऋषि भट्टराईलाई जिम्मेवारी दिएको सचिव सचिव महेन्द्र अर्यालले बताउनु भयाे ।