मदानेका अध्यक्ष कुवँरद्वारा स्वर्गीय धनबहादुर, डोरबहादुर र चेतबहादुरको काजकिरियाको लागि आर्थिक सहयोग प्रदान

1.3K

मदानेका अध्यक्ष कुवँरद्वारा स्वर्गीय धनबहादुर, डोरबहादुर र चेतबहादुरको काजकिरियाको लागि आर्थिक सहयोग प्रदान

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले स्वर्गीय धनबहादुर परियार, स्वर्गीय डोरबहादुर विक र स्वर्गीय चेतबहादुर थापाको काजकिरियाको लागि उनीहरुका परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
पालिका अध्यक्ष कुवँरले मदानेको वडा नं. ५ खोप्चाका स्वर्गीय धनबहादुर परियार, सोही स्थानका स्वर्गीय डोरबहादुर विक र चपराचिरेका स्वर्गीय चेतबहादुर थापाको काजकिरियाको लागि उनीहरुका परिवारलाई जनही १० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
तीनवटै परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले काजकिरियाको लागि भएपनि सहायता होस भनेर सक्दो सहयोग गरिएको अध्यक्ष कुवँरले बताउनु भयो । उहाँले आर्थिक रुपमा कमजोर भएका पालिकाबासीका लागि उपचार तथा दुःखमा सहयोग गर्दै आउनु भएको छ । उहाँले शुक्रबार उनीहरुका घरमै पुगेर समवेदना सहित आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका अध्यक्ष कुवँरले पालिकाबाट पाउने सुविधा वापतको रकम सिधै पार्टीको खातामा आउने व्यवस्था मिलाउनु भएको छ भने त्यसरी आएको रकम पार्टीको निर्णयमा खर्चगर्ने गरिएको उहाँले बताउनु भयो । सोही अनुसार उक्त रकम प्रदान गरिएको हो ।